काठमाडौं। नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी, मध्य भू-भागमा र पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशको मध्य तथा पश्चिमी भू-भाग लगायत पुर्वी पहाडी भू्-भागमा सामान्य बदली रहने र बाँकी भू्-भागमा आंशिक बदली रहनेछ महाशाखाले जनाएको छ। त्यस्तै मध्य तथा पश्चिमी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।
राति मध्य तथा पश्चिमी भू-भागमा सामान्यदेखि पुर्ण बदली रही पुर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना छ। पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा भने हल्कादेखि मध्यम हिमपात हुन सक्ने छ।
भोलि दिउँसो केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । त्यस्तै राति उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभाबना देखिन्छ।
४ माघमा पश्चिमी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने र पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। त्यस्तै ४ माघको राति देशभर आंशिक बदली भई देशका एक दुई स्थानमा हल्का बर्षा हुन सक्ने संभावना छ।
बरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्गका अनुसार तीन दिन (शनिबारसम्म) चिसो बढ्ने छ। खासगरी पश्चिम क्षेत्रमा बाक्लो हिमपात र वर्षाका कारण चिसो बढी हुनेछ।
" /> काठमाडौं। नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी, मध्य भू-भागमा र पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।आज दिउँसो देशको मध्य तथा पश्चिमी भू-भाग लगायत पुर्वी पहाडी भू्-भागमा सामान्य बदली रहने र बाँकी भू्-भागमा आंशिक बदली रहनेछ महाशाखाले जनाएको छ। त्यस्तै मध्य तथा पश्चिमी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

">