काठमाडौं। रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवसहतित सिंगो क्याबिनेटले राजीनामा दिएको छ।
रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने बताएका छन्। सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रीपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ।
मेदवेदेवले भने, “वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा गरेको छु। हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ।”
मेदवेदेवका अनुसार सुधारका आगामी सबै निर्णय राष्ट्रपतिले लिनेछन्। उक्त अवसरमा लामो समयदेखि सहयोगी भूमिका खेल्दै आएका मेदवेदेवलाई नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन पुटिनले आग्रह गरेका थिए।
पुटिनले सुरक्षा परिषद्को उप–प्रमुखको पद पनि मेदवेदेवलाई प्रस्ताव गरेका छन्। एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गरेका थिए।
राष्ट्रपति पुटिनको चौथो कार्यकाल सन् २०२४ मा सकिँदैछ। र, हालको संविधान अनुसार उनी अर्कोपटक राष्ट्रपति बन्न पाउने छैनन्। रूसको संविधानमा व्यवस्था परिवर्तन भएपश्चात पुटीन फेरि पनि लामोसमयसम्म सत्तामा रहन सक्ने बताइएको छ। यद्यपी पुटीनले संसदको वार्षिक सम्बोधनमा भविष्यमा राष्ट्रपतिको कार्यकाल २ पटकभन्दा बढी हुन नहुने बताएका थिए।
" /> काठमाडौं। रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवसहतित सिंगो क्याबिनेटले राजीनामा दिएको छ।रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने बताएका छन्। सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रीपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ।

">