आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीमा धेरै भारी वर्षा हुने काठमाडौं। मौसम पूवानुमान महाशाखाले आज दिउँसो र राति प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ। आज दिउँसो प्रदेश–२ र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। यस्तै आज राति प्रदेश–१, प्रदेश–२ र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्