लगातार तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने जनाएको छ। आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ। भोलि आइतबार प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा नै भारी वर्षा हुनेछ। सोमबार पनि प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्