काठमाडौं। काठमाडौंको बनस्थलीस्थित शोभाकान्त ढकालको घरमा विस्फोट भएको छ।
आज साँझ नागार्जुन नगरपालिका–१ नर्सरी चोकमा रहेको ढकालको घरमा विस्फोट भएको हो। विस्फोट कसले गराएको र के विस्फोट भएको भन्ने खुलेको छैन। विस्फोटबाट कुनै मानवीय क्षती नभएको प्रहरीले जनाएको छ।
“विस्फोट भएको भन्ने खबर आएको छ, हाम्रो केही टोली त्यहाँ पुगिसकेको छ”, महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले देखापढीसँग भने, “कुनै मानवीय क्षती नभएको खबर छ। म घटनास्थतर्फ जाँदैछु।”
प्रहरीका अुनसार विस्फोटबाट घरका केही सिसा भने फुटेका छन्। स्थानीयले बम विस्फोट भएको भनेपनि प्रहरीले आधिकारिक पुष्टि गरेको छैन।
ढकाल बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन्।