दाहालले भने– रेशम चौधरीलाई जेलबाट चाँडै छुटाउँछु (भिडिओसहित)

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अदालतको फैसला बमोजिम जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई चाँडै जेलबाट छुटाउने बताएका छन्।

थारु समूदायको मुख्य पर्व माघीको अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा पुगेका दाहालले थारु समुदायमाझ चौधरीलाई जेलबाट छुटाउन पार्टी र सरकारसँग कुरा भइरहेको पनि बताए।

रेशम कैलालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।

राजपाबाट प्रतिनिधिसभामा निर्वाचित भएपनि टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भइ जेलमा रहेका चौधरीलाई रिहा गराउन आफू शुरुदेखि नै लागिपरेको पनि दाहालले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्