बाढीपहिरोको कहरः ३४ जनाको मृत्यु, ४४ जना घाइते, २४ जना बेपत्ता काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ३० गतेदेखि शुक्रबार बिहानसम्म३४ जनाको मृत्यु भएको छ। ती घटनामा ४४जना घाइते र २४जना बेपत्ता छन्। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १९जना पुरुष, नौजना महिला, तीनजना बालक र तीनजना बालिका रहेका छन्। तीमध्ये सिन्धुपाल्चोकमा पाँचजना, डोटीमा चारजना, रोल्पामा तीनजना, चितवन, तनहुँ, प्युठान र रौतहटमा२÷२ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्