लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा एजेन्सी। लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकाले खाद्य अभावको समस्या झेलिरहेका छन्। संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ। “खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन, खाद्य अभावको समस्या नराम्रो अवस्थामा छ, यसले बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य विकासमा समेत समस्या उत्पन्न गराएको छ,” युनिसेफले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्