काठमाडौं। पठन संस्कृतिको बृहत्तर विकासको उद्देश्य राखी १८ माघमा ‘किताब जात्रा २०२०’ हुने भएको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा हुने एक दिने जात्रा किताब यात्रा फाउण्डेसनको आयोजना र अनलाइनमार्फत् घरमै किताब पुर्याइरहेको किताब यात्रा प्रालिको सह–आयोजनामा हुन लागेको हो।
पठन संस्कृतिलाई जीवनशैलीमा बदल्ने अभियान चलाउन फाउन्डेसनको स्थापना भएकाले त्यसैअनुरूप किताबलक्षित महोत्सव आयोजना गरिएको अध्यक्ष ऋषिराम अधिकारीले बताए।
“राज्यको समूल संस्कृतिमा पठन संस्कृतिले ठूलो प्रभाव पार्छ। त्यसलाई मध्यनजर गरेर पठनलाई जीवन–व्यवहारमा जोड्ने अनेकन अभियान गर्दैछौँ,” उनले भने, “किताब जात्रा त्यसमध्येको अभियान हो। जसले पठन संस्कृतिको सैद्धान्तिक विमर्शमात्र गर्दैन, त्यसलाई व्यवहारसँग जोड्दै जीवनमा त्यसको महत्व स्थापित गर्न सघाउ पुर्याउँछ।”
जात्रामा पठन संस्कृतिका विविध आयाममाथि तीन सत्रमा बहस हुने उनले जानकारी दिए। जसमा साहित्य, कला, उद्यम, राजनीतिलगायत क्षेत्रमा पठनले कसरी प्रभाव पार्छ भन्ने सन्दर्भमा सम्बन्धित क्षेत्रका व्यक्ति सहभागी हुनेछन्।
जात्राका संयोजकसमेत रहेका अधिकारीले भने, “समाजमा अझैं शैक्षिक योग्यता मापनका लागि वा साहित्यिक लेखनको उर्जाका लागि मात्रै पठन आवश्यक छ भन्ने मान्यता पाइन्छ। तर, हरेक क्षेत्रमा पठनले गहिरो प्रभाव पार्छ। त्यो प्रभाव कस्तो हुन्छ भन्ने अनुभूति बहसमा सहभागी हुने विविध क्षेत्रका व्यक्तित्वबाट सुन्नेछौं। जसले पठन संस्कृतिको प्रचलित आयामलाई बदल्नेछ भन्ने विश्वास हाम्रो छ।”
बहसमा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल ‘आहुती’, लेखक तथा पत्रकार नारायण वाग्ले, सुधीर शर्मा, आख्यानकार नयनराज पाण्डे, बैंकर अनिल केशरी शाह, अशोक शेरचन, कलाकार दयाहाङ राई, कवि मनु मन्जिल, सरस्वती प्रतीक्षा, पत्रकार टीकाराम यात्रीलगायत विविध क्षेत्रका व्यक्तित्व वक्ताका रूपमा सहभागी हुनेछन्।
किताब जात्रामा शिक्षासेवी प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापित ‘प्रेम साहित्य सम्मान’ पहिलो पटक प्रदान गरिँदैछ। नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याइरहेका व्यक्तिलाई हरेक वर्ष सम्मान प्रदान गरिने संरक्षक बालकुमारी अधिकारीले बताइन्। जात्रामा यस वर्ष किताब यात्रा डटकमबाट सबैभन्दा बढी विक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’समेत प्रदान गरिनेछ।
" /> काठमाडौं। पठन संस्कृतिको बृहत्तर विकासको उद्देश्य राखी १८ माघमा ‘किताब जात्रा २०२०’ हुने भएको छ।काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा हुने एक दिने जात्रा किताब यात्रा फाउण्डेसनको आयोजना र अनलाइनमार्फत् घरमै किताब पुर्याइरहेको किताब यात्रा प्रालिको सह–आयोजनामा हुन लागेको हो।

">