काठमाडौं। यस वर्षको शहीद स्मारक ‘ए’ डिभिजन लिग शुरू हुनुअघि साविक विजेता मनाङ मस्र्याङ्दी क्लबबाट मच्छिन्द्र क्लबले कप्तानसहित सात प्रमुख खेलाडी भित्र्यायो।
प्रमुख सात खेलाडी नै टीमबाट बाहिरिएपछि नयाँ सिजनमा मनाङको प्रदर्शन कस्तो होला? लिग शुरू हुनुभन्दा अघिको पत्रकार भेटघाटमा मनाङका प्रशिक्षक फुजा तोपेलाई यस्तो प्रश्न सोधियो। जवाफमा तोपेले भनेका थिए– “केही फरक पर्दैन, हामीसँग नेपाली मेस्सी छन्।”
नेपाली फुटबलमा पनि मेस्सी? हो, जगजित श्रेष्ठलाई त्यही रूपमा हेरिन्छ। होचो कद, बलमाथि गजबको नियन्त्रण, सटिक पास, सुन्दर क्रस अनि सेटपिसमा उत्तिकै उत्कृष्ट। विंगरमा नेपाली फुटबलले पाएका सम्भवतः सबभन्दा राम्रा खेलाडी हुन्, जगजित।
मनाङका प्रशिक्षक तोपेकै भनाई सापटी लिने हो भने ‘नेपाली मेसी’।

मैदानभित्र जगजितको खेल कौशलमा औंला उठाउने कमै होलान्। जगजित जसरी खेल्छन्, त्यसको सबैले मुक्तकण्ठले प्रशंसा गर्छन्। उनको खेल हेरिरहुँ जस्तो हुन्छ।
पृथ्वीको एक पाटोमा घाम लाग्दा अर्को पाटोमा अँध्यारो भएजस्तै जगजितको खेल जीवन पनि उज्यालो मात्र छैन।
मैदानमा उनी जति राम्रो खेल्छन्, उनको स्वभाव उति नै समस्याग्रस्त पनि छ। ‘रिसाहा खेलाडी’ जगजितले पाएको अर्को उपनाम हो। उनको खेलकौशलबारे जति चर्चा र तारिफ हुन्छ, झगडालु स्वभावका कारण त्यति नै आलोचित पनि बनिरहन्छन्।
“सामान्य अवस्थामा जगजित एकदम राम्रो मान्छे हुन्, भावुक पनि छन्। तर, कहिले बौलाउँछ भन्ने थाहा नै हुँदैन। बेला बेला सन्किन्छन्”, जगजितले हिमालयन शेर्पा क्लबबाट खेल्दाको क्लबका एक पदाधिकारीले भने, “भावनात्मक कुराहरू कहिलेकाहीँ व्यवहारिक जीवनमा मेल खाँदैनन्। उनमा साइकोलोजिकल समस्या थियो।”
जगजित श्रेष्ठ विवादमा मुछिएको पछिल्लो उदहारण हो, मच्छिन्द्रविरुद्ध मनाङको खेल।
मैदानभित्र भएको झगडाका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ खेलाडी र एक अफिसियलसमेत सात जनालाई कारबाही गर्यो। सातजना मध्ये सबभन्दा ठूलो कारबाही जगजितले नै भोगे। उनी यो खेलमा गरेको झगडाका कारण दश हजार रूपैयाँ जरिवानासहित पाँच खेलका लागि निलम्बनमा परेका छन्।
शहीद स्मारक ‘ए’ डिभिजन लिगको जारी सिजन त्यो सबभन्दा विवादास्पद दिन थियो। दशरथ रंगशालाको मैदान रणभूमि जस्तै बनेको थियो। विवाद साम्य पार्नका लागि प्रहरीलाई नै मैदानभित्र छिराउनुपरेको थियो। र, त्यसको शुरूआत जगजितबाटै भएको थियो।
निर्धारित समय सकिनै लाग्दा जगजितले मच्छिन्द्रका फरवार्ड दीपक राईलाई कुहिनाले हानेपछि शुरू भएको विवादले ठूलो रूप लिएको थियो।

यो मात्र होइन, पहिलो पटक राष्ट्रिय टोलीमा पर्दा पनि जगजितको अनुभव राम्रो भएन। त्यसबेला नेपालले भुटानसँग पोखरामा मैत्रीपूर्ण खेल खेलेको थियो। खेलपछि पोखराबाट फर्किने क्रममा जगजितले आफ्नै टोलीका शिब श्रेष्ठसँग झगडा गरेका थिए।
उमेर समूहमा खेल्दा पनि जगजितको स्वभाव त्यस्तै थियो। सन् २००७ मा नेपालले इरानमा एएफसी यू–१६ च्याम्पियनसिप खेलेको थियो। टोलीमा जगजित पनि थिए।
प्रशिक्षक किशोर केसीले जगजितलाई बहराइनविरुद्ध पहिलो रोजाइमा खेलाएका थिए। प्रशिक्षकले उनलाई ‘सब्स्टिच्युट’ गरेपछि बेन्चमा आएर बुट थचार्ने काम गरेका थिए। त्यसपछि किशोर केसीले उनलाई अबदेखि यस्तो नगर्ने शर्तमा कागज नै गराए।
जगजितको यस्तै बानीले उनको प्रतिभालाई सँधै छायाँमा पारिदियो। प्रशिक्षकहरू उनलाई टीममा राख्न हच्किन थाले। किनकी प्रशिक्षकहरू उनलाई राखेर टीमको माहोल बिगार्न चाहँदैनथे।
“क्वालिटीको हिसाबले हेर्ने हो भने उनी एक्स्ट्रा अर्डिनरी खेलाडी हुन्, यसमा कुनै शंका छैन”, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक ग्राहम रोबर्ट्सको प्रशिक्षण टीममा रहेका एक सदस्यले भने, “तर, एटिच्युडका कारण उनी सँधै पछि परे। सिनियर खेलाडीसँग झगडा गर्ने। टीममा मिलेर बस्न नसक्ने। उनलाई राख्दा टीमको माहोल बिग्रने डर हुन्थ्यो।”
ती सदस्यले मुख्य प्रशिक्षक ग्राहम रोबर्ट्ससँग जगजितले फर्काएको जवाफ सम्झिए– ‘नेपालमा मेरो लेभलको खेलाडी नै छैन। र, मलाई प्रशिक्षण गराउन सक्ने प्रशिक्षक पनि छैन।’
जगजित राष्ट्रिय टोलीमा हुँदा एक समय नारायणहिटीको मैदानमा प्रशिक्षण गराइएको थियो। त्यतिबेला पनि उनले कप्तान सागर थापासँग झगडा गरेका थिए।
भक्तपुरका जन्मिएका जगजित एन्फा एकेडेमीका उत्पादन हुन्। त्यसपछि उनीसहित आधा दर्जन खेलाडी मनाङ मस्र्याङ्दी क्लबमा अनुबन्धित भए। त्यतिबेला मनाङको प्रशिक्षण सम्हालेका छिरिङ लोप्साङले जगजितबारे देखापढीसँग भने, “जगजित, गणेश खड्काहरू अलि सन्काहा खालका खेलाडी हुन्। तर, उनीहरुलाई राम्रोसँग सम्झाएर, फकाएर खेलाउन सक्यो भने एकदम राम्रो खेलाडी पनि हुन्। प्रशिक्षक त अविभावक जस्तै हुन्छ। म हुँदासम्म उनी राम्रो खेलाडी थिए। हिजोआज मैले नहेरेको धेरै भयो। त्यसैले अहिले कस्तो छ, थाहा छैन।”

दशरथ रंगशालामा थ्री स्टार र मध्यपुर थिमिको खेल हुँदै थियो। मध्यपुरका रक्षक विवेक पन्तले जगजितलाई ‘फाउल’ गरे। जगजित विवेकसँग झगडा गर्न गए। रेफ्रीले उनलाई रातो कार्डको दर्शन गराए। खेलपछिको पत्रकार भेटमा मध्यपुरका प्रशिक्षक उपेन्द्रमान सिंहले भने, “जगजित रिसाहा खेलाडी हो भन्ने थाहा थियो। त्यसैले टीमको फाइदाका लागि हामीले उनलाई उक्साएका हौं।”
अर्थात्, झेली खेलेर नतिजा आफ्नो पक्षमा पार्न पनि जगजित सिपालु छन्।
त्यसकै परिणाम हो, उनी रातो कार्ड दर्शन गर्ने खेलाडीको अग्रपंक्तिमा पर्छन्।
सन् २०११ मा नेपालले एएफसी च्यालेन्ज कप क्वालिफायर खेल्यो। समूह ‘डी’मा रहेको नेपालको दोस्रो खेल उत्तर कोरियाविरुद्ध थियो। उक्त खेलमा जगजित वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए। छिर्नेवित्तिकै विपक्षी खेलाडीलाई खराब ट्याकल गरेपछि उनी रातोको दर्शन गर्दै मैदानबाट बाहिरिए। त्यस्तै, २०१४ मा नेपालले कतारको दोहामा फिलिपिन्सविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा पनि जगजित ६४औं मिनेटमा रातो कार्डको सामना गर्दै बाहिरिएका थिए।
‘म वर्तमान एन्फाका कोही मान्छेसँग बोल्दिनँ। मलाई उनीहरू मन पराउँदैनन्। त्यो भन्दा दश गुणा बढी म उनीहरूलाई मन पराउँदिन।’
घरेलु फुटबलमा मनाङ छाडेपछि जगजितले हिमालयन शेर्पा, थ्री स्टार र फ्रेण्ड्सबाट लिग खेले। अहिले उनी अस्ट्रेलियामा बस्छन्। अस्ट्रेलियामा पनि उनले स्थानीय क्लबबाट फुटबल खेल्दै आएका छन्। ‘ए’ डिभिजन लिग खेल्नकै लागि उनी अहिले नेपालमा छन्। तर, लिगमा उनको पुनरागमन भने सुखद भएन। बरु उनको विवादित छबि पुनः एक पटक सतहमा आयो।
एन्फाले जगजितलाई पाँच खेलका लागि प्रतिबन्ध लागायो। उनीमात्र होइन, मनाङकै अशोक बराल ६ खेल (रातो कार्डका कारण थप एक खेल), रञ्जन विष्ट दुई खेल, किट्स म्यानेजर शिब लामा लिगको बाँकी सबै खेलका लागि निलम्बनमा परे। सबै खेलाडीले दश हजार तथा क्लबले ५० हजार रूपैयाँ जरिवाना तिर्नुपर्यो। यो सबै प्रकरण निम्त्याउने जगजित नै थिए।
तर, मच्छिन्द्रविरुद्धको खेलमा भएको उक्त विवादमा पनि जगजितलाई कुनै पछुतो छैन। उनले आफ्नो फेसबुक वालमा लामो स्टेटस लेखेका छन्– ‘त्यो अन्तिम समयको कर्नर, त्यस्तो ठूलो खेलमा, आफ्नो डी बक्स भित्र कसरी डिफेन्ड गर्ने त? मैले त विपक्षीलाई डी बक्स बाहिर ठेलेको हुँ। जुन मैले आफ्नो टीमका लागि गर्नै पथ्र्याे। ठिकै छ, त्यसपछि म फर्कें त सरासर। पछि अरु खेलाडीहरू आए, झगडा गरे, यसमा मेरो के दोष?’
एन्फाको कारबाहीबारे उनले लेखेका छन्– ‘म वर्तमान एन्फाका कोही मान्छेसँग बोल्दिनँ। मलाई उनीहरू मन पराउँदैनन्। त्यो भन्दा दश गुणा बढी म उनीहरूलाई मन पराउँदिन। म प्रतिबन्धित भएको कुरामा दुःख भन्दा बढी मलाई मच्छिन्द्रसँग हामी नहारेको कुरामा गर्व छ।’
पढ्नुहोस्
यसरी भयो मनाङ र मच्छिन्द्रका खेलाडीबीच रंगशालामै कुटाकुट (भिडिओसहित)
" /> काठमाडौं। यस वर्षको शहीद स्मारक ‘ए’ डिभिजन लिग शुरू हुनुअघि साविक विजेता मनाङ मस्र्याङ्दी क्लबबाट मच्छिन्द्र क्लबले कप्तानसहित सात प्रमुख खेलाडी भित्र्यायो।प्रमुख सात खेलाडी नै टीमबाट बाहिरिएपछि नयाँ सिजनमा मनाङको प्रदर्शन कस्तो होला? लिग शुरू हुनुभन्दा अघिको पत्रकार भेटघाटमा मनाङका प्रशिक्षक फुजा तोपेलाई यस्तो प्रश्न सोधियो। जवाफमा तोपेले भनेका थिए– “केही फरक पर्दैन, हामीसँग नेपाली मेस्सी छन्।”

">