म्यानमारका दुई हजार ३०० बन्दी रिहा एजेन्सी। म्यानमारको कारागारमा राखिएका दुईहजार ३०० बन्दीहरुलाई बुधबार रिहा गरिएको छ। सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुईहजार ३०० जनालाई रिहा गरिएको हो। पक्राउ परेर रिहा हुनेमा केही पत्रकारहरू पनि रहेको जनाइएको छ। देशको खस्कँदो अवस्थाबाट मानिसको ध्यान अन्यत्र स्थानान्तरण गर्न उनीहरुलाई रिहा गरेको बताइएको छ। तर पाँचहजार २१० जनालाई कारागारमुक्त गर्ने अपेक्षा गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्