२६ जिल्ला बाढी, पहिरो र डुबानको चपेटामा काठमाडौं। मनसुन सुरु भएपछि परेको अविरल वर्षाको कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका २६ वटा जिल्ला बाढी, पहिरो र डुबानको चपेटामा परेका छन्। अविरल वर्षाको कारण बाढी पहिरोमा परी ठूलो धनजनको क्ष्ति भएको गृह मन्त्रालयले जनाएको छ। अविरल बर्षासँगै आएको पहिरो र बाढीले देशभर ४६२ वटा निजी घर पूर्ण क्षति भएको र ११० घरमा आंशिक क्षति भएको मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्