काभ्रे। इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरेको छ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले आज पत्रकार सम्मेलन गरी बरामद गरिएका मोबाइल सेट सार्वजनिक गरे।
उनका अनुसार बनेपा नगरपालिका– ८ बसपार्कमा रहेको पसल दर्ता नै नगरी सुनिल खनालले सञ्चालन गर्दै आएको मोबाइल पसलबाट विभिन्न कम्पनीको २१ थान र वडा नं ८ चाँदनीचोकस्थित चाँदनी कम्प्लेक्सभित्र सुदीप दाहालले सञ्चालन गर्दै आएको एमआईजी मोबाइल सेन्टरबाट नौ थान गरी ३० थान मोबाइल बरामद गरिएको हो।
बरामद गरिएका मोबाइल कम्पनीको बजार मूल्यअुनसार १७ हजार ६०० रूपैयाँदेखि एक लाख ६० हजारसम्मका छन्।
बरामद गरिएका १० लाख १७ हजार ५०० बराबरका मोबाइल राजश्व कार्यालय हरिहरभवन पुल्चोकमा थप अनुसन्धानका लागि पठाइने प्रहरीले जनाएको छ।
पसलेले भन्सार छली गरेर ल्याएका मोबाइल काठमाडौंबाट ल्याई बेच्ने गरेका पाइएको प्रहरीको भनाइ छ।
ती पसल सञ्चालकलाई राजश्व छलीअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ। रासस