अमेरिकाले नेपाली सेनालाई दियो ४ वटा ‘आउट बोर्ड मोटर’ काठमाडौं।अमेरिकाले नेपाली सेनालाई चार वटा ‘आउट बोर्ड मोटर’ प्रदान गरेको छ।काठमाडौंस्थित अमेरिकी दूतावासका रक्षा सहयोग कार्यालका प्रमुख मेजर माइकल पी. ह्वाइटले ती बोट नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना)लाई हस्तान्तरण गरेका हुन्।“उक्त उद्दार बोटहरु बाढी/डुवानजस्ता जलउत्पन्न विपद्का समयमा उद्दार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ”, सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्