पहिरोमा परी दुईको मृत्यु, तीन जना घाइते तनहुँ।बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।पहिरोबाट ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको हो।सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्।पहिरोका कारण चार घर जोखिममा परेका छन्।घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक छ।घटनास्थल जाने बाटो समेत पहिरोले अवरुद्ध बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्