सोमालियाका करिब ६० लाख मानिसमा खाद्य संकट एजेन्सी। सोमालियामा करिब ६० लाख मानिसमा खाद्य संकट देखिएको छ। संकटको समस्या तत्कालै टार्न संयुक्त राष्ट्रसंघले सहयोगको अपिल गरेको छ। त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको जनाइएको छ। समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो। जसका कारण यहाँका ५९ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्