नुवाकोट। माघे संक्रान्तिको दिन भनेपछि खासगरी शरीरलाई न्यानो गर्ने पकवानहरू हाम्रो मानसपटलमा आउँछ। यसका अलावा नुवाकोटको तारूका पनि सम्झिइन्छ। जहाँको गोरु जुधाई माघे संक्रान्ति पर्वको एक अभिन्न संस्कृति नै बनिसकेको छ।

झन्डै १९० वर्ष अघिदेखि शुरु भएको गोरु जुधाई संस्कृति विस्तार हुँदै अहिले नुवाकोटकै अन्य ठाउँ र धादिङसम्म पुगिसकेको छ। यो वर्ष नुवाकोट र धादिङमा ६५ हल गोरु जुधाइँदैछ।

नुवाकोटको तारुकामा २१, विदुर नगरपालिका–१० वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिकको पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा तीन, तादी गाउँपालिका–४ सातबिसेमा दश, शिवपुरी गाउँपालिकाको गैरीफाँटमा पाँच हल गोरु आज जुधाउन लागिएको छ। उता धादिङको निलकण्ठ नगरपालिकाको फ्याक्सेमा सात हल गोरु जुधाइँदै छ।

गोरु जुधाइमा दुई गोरुलाई मैदानमा छाडेर जुध्नका लागि उद्धेलित गरिन्छ। र, जुन गोरुले बीचमै जुध्न छाडेर मैदान छाड्छ त्यस गोरुलाई उपविजेता घोषित गरिन्छ भने अझै पनि जुध्न अडिग गोरुलाई विजेता घोषणा गरिन्छ।

विसं १८८७ मा तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला हुँदै आएको छ।

शब्द, तस्वीर र भिडिओ: निकेश खत्री/ तारुका, नुवाकोट

" /> नुवाकोट। माघे संक्रान्तिको दिन भनेपछि खासगरी शरीरलाई न्यानो गर्ने पकवानहरू हाम्रो मानसपटलमा आउँछ। यसका अलावा नुवाकोटको तारूका पनि सम्झिइन्छ। जहाँको गोरु जुधाई माघे संक्रान्ति पर्वको एक अभिन्न संस्कृति नै बनिसकेको छ।

झन्डै १९० वर्ष अघिदेखि शुरु भएको गोरु जुधाई संस्कृति विस्तार हुँदै अहिले नुवाकोटकै अन्य ठाउँ र धादिङसम्म पुगिसकेको छ। यो वर्ष नुवाकोट र धादिङमा ६५ हल गोरु जुधाइँदैछ।

नुवाकोटको तारुकामा २१, विदुर नगरपालिका–१० वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिकको पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा तीन, तादी गाउँपालिका–४ सातबिसेमा दश, शिवपुरी गाउँपालिकाको गैरीफाँटमा पाँच हल गोरु आज जुधाउन लागिएको छ। उता धादिङको निलकण्ठ नगरपालिकाको फ्याक्सेमा सात हल गोरु जुधाइँदै छ।

गोरु जुधाइमा दुई गोरुलाई मैदानमा छाडेर जुध्नका लागि उद्धेलित गरिन्छ। र, जुन गोरुले बीचमै जुध्न छाडेर मैदान छाड्छ त्यस गोरुलाई उपविजेता घोषित गरिन्छ भने अझै पनि जुध्न अडिग गोरुलाई विजेता घोषणा गरिन्छ।

विसं १८८७ मा तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला हुँदै आएको छ।

शब्द, तस्वीर र भिडिओ: निकेश खत्री/ तारुका, नुवाकोट

"> गोरु जुधाउने पर्व (भिडिओ र तस्वीर): Dekhapadhi
गोरु जुधाउने पर्व (भिडिओ र तस्वीर)
नुवाकोट। माघे संक्रान्तिको दिन भनेपछि खासगरी शरीरलाई न्यानो गर्ने पकवानहरू हाम्रो मानसपटलमा आउँछ। यसका अलावा नुवाकोटको तारूका पनि सम्झिइन्छ। जहाँको गोरु जुधाई माघे संक्रान्ति पर्वको एक अभिन्न संस्कृति नै बनिसकेको छ।

झन्डै १९० वर्ष अघिदेखि शुरु भएको गोरु जुधाई संस्कृति विस्तार हुँदै अहिले नुवाकोटकै अन्य ठाउँ र धादिङसम्म पुगिसकेको छ। यो वर्ष नुवाकोट र धादिङमा ६५ हल गोरु जुधाइँदैछ।

नुवाकोटको तारुकामा २१, विदुर नगरपालिका–१० वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिकको पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा तीन, तादी गाउँपालिका–४ सातबिसेमा दश, शिवपुरी गाउँपालिकाको गैरीफाँटमा पाँच हल गोरु आज जुधाउन लागिएको छ। उता धादिङको निलकण्ठ नगरपालिकाको फ्याक्सेमा सात हल गोरु जुधाइँदै छ।

गोरु जुधाइमा दुई गोरुलाई मैदानमा छाडेर जुध्नका लागि उद्धेलित गरिन्छ। र, जुन गोरुले बीचमै जुध्न छाडेर मैदान छाड्छ त्यस गोरुलाई उपविजेता घोषित गरिन्छ भने अझै पनि जुध्न अडिग गोरुलाई विजेता घोषणा गरिन्छ।

विसं १८८७ मा तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला हुँदै आएको छ।

शब्द, तस्वीर र भिडिओ: निकेश खत्री/ तारुका, नुवाकोट

प्रतिक्रिया दिनुहोस्