पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध काठमाडौं। आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ। मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले सडकखण्ड अवरुद्ध गरेको हो। सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्