२०६ वर्षमा १७१ राष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना काठमाडौं। नेपालको कूटनीतिक सम्बन्ध स्थापना गरेका राष्ट्रको संख्या १७१ पुगेको छ।अफ्रिकी राष्ट्र सियरालियोनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेपछि यो संख्या १७१ पुगेको हो।नेपालले सन् १८१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेयताको २०६ वर्षमा १७१ राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ।नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो राष्ट्र अमेरिका हो।बेलायतसँग सम्बन्ध स्थापना गरेको १३१ वर्षपछि सन् १९४७ मा अमेरिकासँग सम्बन्ध जोडेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्