नेपाल र सियरालियोनबीच कूटनीतिक सम्बन्ध स्थापना काठमाडौं।नेपाल र अफ्रिकी राष्ट्र सियरालियोनबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको छ।अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्रसंघका सियरालियोनका स्थायी प्रतिनिधि अलि कब्बाले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त पत्रमा हस्ताक्षर गरेका थिए।हस्ताक्षर कार्यक्रम गएराति न्यूर्योकस्थित नेपाली स्थायी नियोगमा गरिएको थियो।दुवै देशका स्थायी प्रतिनिधिले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुर्टेसलाई गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्