एनसेल टावर आगजनीको अभियोगमा चन्द समूहका युवा अध्यक्षलाई मुद्दा

काभ्रेपलाञ्चोक। नेत्रविक्रम चन्द समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन-स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरिएको छ।

पाँचखाल नगरपालिका-७ होक्सेका ३० वर्षीय परियारलाई १० फागुन २०७५ मा भुम्लु गाउँपालिकास्थित एनसेल टावरमा आगजनी गरेको अभियोगमा प्रहरीले २९ पुसमा मुद्दा दायर गरेको हो ।

परियारलाई सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्‍याएको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

परियार बनेपा नगरपालिकास्थित गोदाम चोकबाट २८ पुस साँझ पक्राउ परेका थिए।

परियार गुडिरहेको यात्रुबाहक बसमा आगो लगाएर सर्वसाधारणको ज्यान लिन खोजेको अभियोगमा कारागार बसेर निस्किएका व्यक्ति हुन्। रासस

प्रतिक्रिया दिनुहोस्