मनसुन थप सक्रिय, तीन दिन भारी वर्षाको सम्भावना काठमाडौं।मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहेका कारण आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा अत्यधिक वर्षाको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्