सातौंपटक निषेधाज्ञा अवधि एक साता थप महोत्तरी।कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ।जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार आजदेखि लागू हुनेगरी सातौंपटक निषेधाज्ञाको अवधि असार २३ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो।एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। अत्यावश्यक वस्तुका पसल बिहानदेखि साँझ छ बजेसम्म सञ्चालन हुनेछन् भने सार्वजनिक यातायातका साधन स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्