चीनसँगको उत्तरी सीमा किमाथांकामा सशस्त्रको बीओपी

संखुवासभा। सशस्त्र प्रहरी बलले उत्तरी सिमानामा पहिलो पटक बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ।

संखुवासभाको भोटखोला गाउँपालिका- १ स्थित किमाथांकामा २९ पुसमा सशस्त्रको बीओपी राखिएको हो ।

पुर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्र बहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले संयुक्त रूपमा बोर्डर आउट पोस्टको उद्घाटन गरे।

बीओपी स्थापनाको लागी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बलको टोली नेपाली सेनाको हेलिकप्टरबाट किमाथांका लगिएको थियो।

सदरमुकाम खाँदबारीबाट ११० किलोमिटर टाढा किमाथांका चीनसँग सिमाना जोडिएको छ।

स्थानीय व्यक्तीको दुई वटा घर भाडामा लिएर बीओपी राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

किमाथांकाको समेत गरी सशस्त्र प्रहरीको बीओपी संख्या ११२ पुगेको छ।

११४ नयाँ बीओपी राख्‍ने सरकारको योजना छ।

प्रतिक्रिया दिनुहोस्