धनुषा। जनकपुर–ढल्केबर सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
ढल्केवरबाट जनकपुरतर्फ छुटेको ज १ क २८२ नम्बरको बसले विपरीत दिसाबाट छुटेको ज १० प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट मोटरसाइकलमा सवार क्षिरेश्वरनाथ नगरपालिका–९ पर्सापकियाका २५ वर्षीय सन्तोष कुमार ठाकुर र सोही ठाउँका २५ वर्षीय अनवर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार ठक्कर दिने बस जनकपुरको मोडेल मल्टिपल कलेजको हो।
बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्।
" /> धनुषा। जनकपुर–ढल्केबर सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।ढल्केवरबाट जनकपुरतर्फ छुटेको ज १ क २८२ नम्बरको बसले विपरीत दिसाबाट छुटेको ज १० प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

">