स्वाचालित पेस्तोलसहित दुई जना पक्राउ

धनुषा। धनुषा प्रहरीले स्वाचालित हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

आज धनुषाको जनकनन्दनी गाउँपालिका–५ मा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका–५ का २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो छन्।

पेस्तोल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले दुबैलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुबैलाई हातहतियार तथा खरखजाना मुद्दामा आवश्यक छानबिन शुरू गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्