आज यी जिल्लामा छ बाढीको जोखिम, उच्च सतर्कता अपनाउन अनुरोध काठमाडौं। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीका केही जिल्लामा बाढीको जोखिम छ। प्रदेश–१ को इलाम,झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, ओखलढुंगा र धनकुटा, प्रदेश–२ को रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी, बागमती प्रदेशको धादिङ र गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, बागलुङ र परासीमा बाढीको खतरा रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्