एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार काठमाडौं।यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार एम्बुलेन्स चालक बमबहादुर गुरुङ र भेरी अञ्चल अस्पतालमा कार्यरत नर्स सुनिता सहकारीले पाएका छन्।बलबहादुर गुरुङ चीनको वुहानबाट ल्याएका विद्यार्थीलाई एयरपोर्टबाट लैजाने र त्यसयता निरन्तर यही क्षेत्रमा काम गरिरहेको भन्दै पुरस्कार प्रदान गरिएको हो।यस्तै सुनिता सहकारी भेरी अञ्चल अस्पतालमा आफू संक्रमित हुँदा र श्रीमान् बित्दा पनि कोभिड वार्डमा निरन्तर काम गरेको भन्दै पुरस्कार प्रदान गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्