कोरोनाको डेल्टा भेरिएन्टको त्रासः इयू राष्ट्र बेलायती यात्रीमाथि प्रतिबन्ध लगाउने तयारी गर्दै एजेन्सी। बेलायतमा कोरोना भाइरसको डेल्टा भेरिएन्ट व्यापक रुपमा देखिएपछि युरोपेली युनियन (इयू)का सदस्य राष्ट्रले बेलायती यात्रीलाई आफ्नो देशमा प्रवेश नदिने तयारी गरेका छन्। यसको नेतृत्व जर्मनीले गरेको छ। जर्मनीले बेलायती यात्रीमाथि प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव अघि सारेको छ। जर्मन चान्सलर एन्जेला मर्केलले अन्य युरोपेली युनियनका नेतासँग छलफल गरिरहेको जनाइएको छ। कोरोना खोप लगाइसकेका बेलायती यात्रीमाथि पनि प्रतिबन्ध लगाउनुपर्ने माग जर्मनीको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्