काठमाडौं। सार्वजनिक सवारी साधानभित्र अश्लील गतिविधि गर्ने युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन्।
११ माघ २०७५ मा बसभित्र त्यस्तो गतिविधि गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो। गत वर्ष साउनमा खिंचिएको भिडियो सात महीनापछि माघमा अपलोड गरेको खुल्न आएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ।
चितवन प्रहरीसँगको समन्वयमा महाशाखाको टोलीले २७ पुस दिउँसो चितवनको भरतपुरबाट उनलाई पक्राउ गरी थप कारवाहीका लागि काठमाडौं ल्याएको थियो। महाशाखा प्रमुख सहकुलबहादुर थापाले ठूलो मिहिनेत गरेर एक वर्षपछि नै भए पनि घटनाका अभियुक्त पक्राउ गर्न सफल भएको बताउँदै साइबार अपराधमा मुद्दा चलाइने जानकारी दिए।
“पहिचान नभएको अभियुक्त हो, पत्ता लगाउन ठूलो मिहिनेत गरेका छौँ, गुगल र फेसबुकसँग आइपी एड्रेस मागी पत्ता लगाएर पक्राउ गर्न सफल भयौँ”, एसएसपी थापाले भने।
घटना भएको समयभन्दा तीन वर्षअघिदेखि उनी काठमाडौं बस्दै आएका थिए। त्यो बेला उनले रिक्सा चलाउँथे। घटनाको केही समयपछि प्रहरीबाट बच्न उनी भारत गएका थिए। लामो समयसम्म प्रहरीले युवकको पहिचान गर्न सकेको थिएन।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) पनि घटनाको अनुसन्धानमा लागेको थियो। घटनाको केही समयपछि प्रहरीले गाडी भने काठमाडौंको ढल्कुमा फेला पारे पनि तथ्य पत्ता लगाएको थिएन। घटना सामसुम भएको ठानेर उनी तीन महीनाअघि भारतबाट नेपाल आएको महाशाखाले जनाएको छ।
उनले घटनासँग सम्बन्धित विषय फेसबुकमा समेत सन्देश पोष्ट गरेको प्रहरीले जनाएको छ। पहिचान भएको दोस्रो दिनमा नै उनलाई पक्राउ गरिएको हो। उनीविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ। कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र तीन लाख रूपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ। रासस