कैलाली। कैलालीमा ६५ लाख भारतीय रूपैयाँसहित तीन जना पक्राउ परेका छन्।
चोरीमा संग्लन श्रीमान–श्रीमतीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भारतको राजधानी दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट नगद र गरगहना चोरी भएको जानकारी पाएपछि खटिएको कैलाली प्रहरीले गौरीगंगा नगरपालिका-२ की बिन्दा थापालाई पक्राउ गरेको थियो।
उनै थापाले दिएको जानकारीबाट अन्य थप दुई जनालाई ६५ लाख भारतीय रूपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
बाजुरको बुढिगंगा –१ घर भएका २९ बर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई पक्राउ गरिएको उनले बताए।
प्रहरीले बिन्दा थापाको कच्ची घरमा रहेको कोठा भित्र खटियामुनी खाल्टो खनेर टिनको बाकसभित्र प्लाष्टिक र कपडामा बेरी राखेको अवस्थामा ६५ लाख नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका श्रीमान–श्रीमती चोरी भएको भारतीय नागरिकको घरमा कामदारको रूपमा विगगत लामो समयदेखि कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ।
" /> कैलाली। कैलालीमा ६५ लाख भारतीय रूपैयाँसहित तीन जना पक्राउ परेका छन्।चोरीमा संग्लन श्रीमान–श्रीमतीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

">