काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाङफेले सभामुखको उम्मेदवार तय भएपछि पदबाट राजीनामा दिने बताएकी छन्।
प्रतिनिधि सभाको नेतृत्व रिक्त नहोस् र संवैधानिक जटिलता नआओस् भनेरै आफूले अहिलेसम्म पदबाट राजीनामा नदिएको पनि प्रष्टिकरण दिएकी छन्।
''जबसम्म दलले (नेकपाले) आफ्नो उम्मेदवार तय गरेर अगाडि सार्दैन, त्यतिवेलासम्म राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहिन बनाएर छोड्ने पक्षमा म छैन'', उपसभामुख तुम्बाहाङफेले जीएम मिडियासँगको कुराकानीमा भनेकी छन्, ''मैले संविधान कार्यान्वयन गर्छु भनेर सपथ लिएको हुँ। मेरो पद समाप्त नभएसम्म लगातार मैले नेतृत्व प्रदान गरिरहन्छु भनेर म बसेको हुँ। र, अहिले पनि त्यही अवस्थामा छु। जसका कारण मैले राजीनामा दिएको छैन र अझैपनि म राजीनामा दिने अवस्थामा छैन।''
दलबाट सभामुखको उम्मेदवार तय भएको अवस्थामा निर्वाचन प्रक्रिया अघि बढाउने सन्दर्भमा केही अगाडिमात्र राजीनामा दिने बताएकी तुम्बाहाङफेले आफूले संविधानत: प्राप्त जिम्मेवारी मात्र निर्वाह गरिरहेको तर्क गरेकी छन्। यसो गर्दा प्रतिनिधि सभा छोटो अवधिका लागि मात्र नेतृत्वविहिन हुने उनको तर्क छ।
पार्टीले (नेकपाले) निर्देशन दिँदा पनि किन राजीनामा नदिएको भन्ने जिज्ञासामा तुम्बाहाङफेले भनिन् ''दलले निर्देशन दिइसक्यो तर अटेर गर्यो भन्ने पनि सुनेको छु। तर त्यसो हैन। प्रतिनिधि सभा एउटा संस्था हो र यसलाई अहिले मैले नेतृत्व गरिरहेको छु। नेतृत्व गरिरहेको व्यक्तिलाई कुनै एक दलले राजीनामा देउ भन्न मिल्दैन। भने पनि मैले यो संस्था खाली गर्न हुँदैन भन्ने हो। किनभने संविधानले प्रतिनिधि सभा रिक्त हुने परिकल्पना गरेको छैन। त्यो परिकल्पनालाई हामीले पनि ग्रहण गर्नुपर्छ।''
कृष्णबहादुर महरामाथि बलात्कार मुद्दा लागेपछि रिक्त हुन आएको सभामुख पदका लागि नेकपाले उम्मेदवार तय गर्न नसकेपनि तुम्बाहाङफेलाई राजीनामा गर्न निर्देशन दिइसकेको छ। तर तुम्बाहाङफेले आफूलाई सभामुखको दाबेदारकारुपमा प्रश्तुत गर्दै उम्मेदवार बनाउन नेकपा नेतृत्वमाथि दवाव सृजना गरिरहेकी छन्।
एकीकरण अघि आफ्नो भागमा परेको सभामुख पदमा पूर्वमाओवादीले दाबी गरिरहेको छ भने पूर्वएमाले पक्षले एकीकरणपछिको अवस्थामा भागबण्डा खोज्न नहुने भन्दै आफ्नो पक्षबाट सभामुख चयन गर्ने प्रयत्न गरिरहेको छ। सभामुख चयनको टुंगो नलाग्दा करीब एक महीनादेखि संसद बैठक बस्न सकेको छैन।