स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
काठमाडौं। प्रहरीले चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।

२८ पुरस साँझ काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा २ ज ४८०२ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा नौ लाख ९९ हजार रूपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

पक्राउ पर्नेहरुमा पर्सा हिपरमाई गाउँपालिका-८ घर भएका २१ वर्षीय कृष्ण यादव र चितवनको भरतपुर महानगरपालिका-१६ घर भएका ३८ वर्षीय राजु पौडेल रहेका छन्।

ट्याक्सीमा नुवाकोटतर्फ जाँदै गरेका पौडेलको साथमा उक्त नगद फेला परेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्