विश्व बरीयतामा ११औं स्थानमा उक्लिए प्रिन्स
काठमाडौं। नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व बरीयतामा ११औं स्थानमा उक्लिएका छन्।

एकसाता अघि प्रिन्स विश्व बरीयतामा १४औं स्थानमा थिए। विश्व ब्याडमिन्टन महासंघले निर्धारण गरेको पछिल्लो बरीयतामा प्रिन्स तीन स्थान अगाडि आएका हुन्। प्रिन्सले प्राप्त गरेको बरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालका लागि अहिलेसम्मकै उच्च हो।

हालै सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु–१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ अंकले पराजित भएका थिए।

भारतीय खेलाडी लुवाङ विश्व बरीयताको तेस्रो स्थानमा छन्। दुई साताअघि प्रिन्स विश्व बरीयताको ३२औं स्थानमा थिए।

गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा भएको दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि प्रिन्सको बरीयतामा उल्लेख्य सुधार भएको हो।

ब्याडमिन्टनको जुनियरतर्फको बरीयतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा र चीनका लिउ लियाङ दोस्रो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्