नेत्रविक्रम चन्द समूहका १६ जना कारागार चलान <p>बाजुरा। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय नेता चुडामणि ओलीसहित १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।</p> <p>बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।</p> <p>११ जना पुरुषलाई बाजुरा र ५ जना महिलालाई २८ पुसमा अछाम कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए।<em> रासस</em></p>
प्रतिक्रिया दिनुहोस्