ओमान। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको निधनप्रति नेपालका तर्फबाट समवेदना व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय नवीरकणीय उर्जासंघ (आइरिना) कोे १० औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबी पुगेका मन्त्री पुनले ओमानको राजधानी मस्कटमा नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेटेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट समवेदना व्यक्त गरेका हुन्।
उनले राष्ट्रपति भण्डारीको लिखित समवेदनापत्र सुल्तान हाइतमलाई दिए।
मन्त्री पनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामनासहित नेपाल–ओमानबीच ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे।
" /> ओमान। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको निधनप्रति नेपालका तर्फबाट समवेदना व्यक्त गरेका छन्।अन्तर्राष्ट्रिय नवीरकणीय उर्जासंघ (आइरिना) कोे १० औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबी पुगेका मन्त्री पुनले ओमानको राजधानी मस्कटमा नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेटेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट समवेदना व्यक्त गरेका हुन्।

">