ब्राउनसुगरसहित धनगढीमा तीन जना पक्राउ
<p>कैलाली। ब्राउन सुगरसहित धनगढीमा तीन जना पक्राउ परेका छन्।</p>
<p>धनगढी उपमहानगरपालिका-८ मा लागू औषधको कारोबार गरिरहेका धनगढी उपमहानगरपालिका- १० घर भई बुद्दचोकमा बस्‍ने २० वर्षीय उमेश धामी, २० वर्षीया उमा चौधरी (२०) र १९ वर्षीया असरानी चौधरीलाई पक्राउ गरिएको हो। </p>
<p>जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार उनीहरुको साथबाट ब्राउन सुगर र सेवन गर्न प्रयोग गरेको १० को नोट लगायतका सामान बरामद गरिएको छ।</p>
<p>प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
