त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यसवर्ष नै गर्ने भएको छ। कोरोनाका कारण पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि यसवर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए।“कोरोनाको तेस्रो लहर आएपनि हामी स्वास्थ्य मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्नेछौँ”,उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्