बेलायतमा किरात राईले मनाए यलेदुङ निदुङ तथा माघेसंक्रान्ति

लण्डन। किरात राईको भाषिक संस्था चाम्लिङ खाम्बतिम बेलायतले यलेदुङ निदुङ तथा माघेसंक्रान्तीको अवसरमा कार्यक्रम गरेका छन्।

चाम्लिङ खाम्बातिनले किरात बर्ष शुरू भएको दिनलाई विशेष पर्वको रूपमा प्रत्येक वर्ष यलेदुङ बर्ष मनाउँदै आएका छन्।

विविध भाषि रहेको किरात समुदायभित्र चाम्लिङ भाषाको छुट्टै बिशेषता रहेको छ।

किरात राई यायोक्खा बेलायतका उपमहासचिव नरेश काङमाङले हराउँदै गरेका भाषालाई जगेर्ना गर्नुपर्ने बताए।

कार्यक्रममा भाषिक संरक्षणमा सहयोग पुर्‍याउने रत्न राई,गदमश्वरी राई, चन्द्रदेपल राई र अशोककुमार राईलाई सम्मान गरिएको छ।

त्यस्तै किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनले पनि लण्डनको नर्थहोल्डमा कार्यक्रम गरेको छ।

कार्यक्रममा सहभागिहरुले आशिर्वाद लिने दिने गरेका छन्।

किरात राई यायोक्खा बेलायतका केन्द्रीय अध्यक्ष कल्पना राईले किरातकालीन सभ्यतासँग जोडिएको यलेदोङ यलेसम्बतको ऐतिहासिक र सभ्यताबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्