सुदूरपश्चिम प्रदेशमा दुई दिनयता कोरोना मृत्युदर शून्य काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट संक्रमित हुनेको मृत्युदर शून्यमा झरेको छ। गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको हो। यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ४४४ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्