मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा काठमाडौं।मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली भइरहेको हो। प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्