गायक निशान भट्टराईको कार दुर्घटनामा मृत्यु
<p>काठमाण्डौं। काठमाडौंको तीनकुनेमा कार दुर्घटना परि गजल गायक निशान भट्टराईको मृत्यु भएको छ।</p>
<p>बा १० च ३०४ नम्बरको कार गएराति बिजुलीको खम्बामा ठोक्किएर उनी सवार कार दुर्घटना भएको थियो। </p>
<p>दरबारमार्गस्थित बानथाई रेस्टुरेण्टबाट घर फर्कँदै गर्दा भएको दुर्घटनामा गम्भीर घाइते गायक भट्टराईको उपचारको क्रममा आज बिहान राष्ट्रिय ट्रमा सेण्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
<p>सुनसरी धरान उपमहानगरपालिका-१४ का भट्टराई गजल गायनमा सक्रिय थिए। उनी गायिका लोचन भट्टराईका भाइ हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
