खोपको व्यवस्था गरी सवारी चलाउन दिन यातायात व्यवसायी र मजदुरको माग काठमाडौं।यातायात व्यवसायी तथा मजदुरहरुले यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरी सार्वजनिक सवारी साधन सञ्चालनको व्यवस्था गर्न माग गरेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्