खोटाङका स्थानीय तहमा बेरुजुको चाङ
खोटाङ। महालेखा परीक्षकको कार्यालयले दश वटै स्थानीय तहमा बेरुजु औंल्याएको छ।

महालेखाको प्रारम्भिक प्रतिवेदनअनुसार खोटाङका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०७५/०७६ भित्र ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि परीक्षण गर्दा बेरुजु भेटिएको हो।

पेश्की, नियमित गर्ने, फछ्र्योट गर्नुपर्ने र असुल गर्नुपर्ने लगायत बेरुजु रकमका आधारमा महालेखाले स्थानीय तहको बेरुजुको मात्रा खुलाएको छ।

ऐसेलुखर्क गाउँपालिकामा आव २०७५/७६ मा १४ लाख ६१ हजार ७७७ रूपैयाँ बेरुजु छ। अघिल्लो आवमा यस गाउँपालिकामा ४० लाख ३४ हजार ५६६ रूपैयाँ बेरुजु थियो।

अघिल्लो आवमा तीन करोड ३६ लाख ७१ हजार ८०६ रूपैयाँ बेरुजु रहेको केपिलासगढी गाउँपालिकामा आव २०७५/७६ मा एक करोड ६२ लाख २८ हजार २८७ रूपैयाँ बेरुजु देखिएको छ।

खोटेहाङ गाउँपालिकामा तीन करोड १८ लाख १९ हजार ३५४ रूपैयाँ बेरुजु रहेको प्रतिवेदनमा जनाइएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक करोड ३१ लाख २९ हजार ७०१ रूपैयाँ  र हलेसी तुवाचुङ नगरपालिकामा दश करोड २५ लाख दुई हजार ८९९ रूपैयाँ बेरुजु भटिएको छ ।

रावाबेँसी गाउँपालिकाको एक करोड ९५ लाख ९५ हजार ९०९ रूपैयाँ बेरुजु देखिएको छ। त्यस्तै बराहपोखरी गाउँपालिकाको बेरुजु एक करोड ११ लाख ८१ हजार ४७८ छ।

२०७४/७५ मा दुई करोड ८७ लाख ५२ हजार ५०१ रूपैयाँ बेरुजु रहेको साकेला गाउँपालिकामा २०७५/७६ मा एक करोड २० लाख ७८ हजार ३०१ रूपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ। रासस

प्रतिक्रिया दिनुहोस्