अमेरिकाको मायामी सहरमा ४० वर्ष पुरानो भवन भत्कियो, ९९ जना बेपत्ता बीबीसी। अमेरिकाको मायामी सहरमा ४० वर्ष पुरानो १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता भएका छन्। बेपत्ताको उद्धार र खोजी कार्य जारी रहेको जनाइएको छ। घटनामा हालसम्म एक जनाको मृत्यु भएको छ। भत्केको घर भित्रबाट मानिसहरुको आवाज आइरहेको स्थानीय मिडियाले जनाएका छन्। भवन भत्किनुको कारण भने अहिलेसम्म खुलाइएको छैन। भवन भत्किँदा कति जना मानिस भवनभित्र थिए भन्ने पनि खुलेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्