पुनर्निर्माण प्राधिकरणको म्यादबारे निर्णय गर्न कार्यदल
काठमाडौं। १२ बैशाख २०७२ को भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माण गर्न गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद थप्ने वा नथप्ने सिफारिस गर्न कार्यदल गठन गरिएको छ। प्राधिकरणको म्याद एक वर्षपछि सकिँदैछ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा गठित सो कार्यदलमा अर्थ, गृह, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्राधिकरणका सचिव सदस्य छन्।

निर्देशक समितिको बैठकले कार्यदललाई पुनर्निर्माणको वर्तमान अवस्था, आगामी कार्ययोजना, वित्तीय व्यवस्थापनको अध्ययन गरी प्राधिकरणको म्याद थप्ने अथवा नथप्ने सिफारिस गर्ने जिम्मेवारी दिएको छ।

कार्यदलको प्रतिवेदन प्राधिकरण निर्देशक समितिको अर्को बैठकमा पेश हुने जनाइएको छ।

पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ मा सरकारले आवश्यक ठानेमा प्राधिकरणको म्याद एक वर्ष थप्नसक्ने प्रावधान छ।

चार दिनअघि बसेको प्राधिकरण परामर्श परिषद्को बैठकले पुनःनिर्माण सन्तोषजनक रूपमा अघि बढेको निष्कर्ष निकालेको थियो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणलाई प्राथमिकता दिएको स्पष्ट पार्दै प्राप्त उपलब्धिले नयाँ उत्साह थपेको बताएका थिए।

पुनर्निर्माणको बाँकी कामलाई सम्पन्न गर्न उपलब्ध बजेट र स्रोतको सिमामा रहेर वास्तविक योजना बनाइ काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणको अवस्था, आगामी कार्ययोजना र वित्तीय आँकलन प्रस्तुत गरेका थिए।

निर्देशक समितिको बैठकले पुनःनिर्माण राम्रोसँग अघि बढेको निष्कर्षसमेत निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्