काठमाडौं। उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने बताएकी छन्।

“सभामुख रिक्त नहुने संविधानको परिकल्पनालाई हामीले ग्रहण गर्नुपर्छ, जबसम्म दलले उम्मेदवार टुङ्ग्याएर मेरो उम्मेदवार यो हो भनेर अगाडि सार्दैन, त्यतिबेलासम्म उपसभामुखले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वबिहीन बनाएर छाड्ने पक्षमा म छैन”, रासससँगको कुराकानीमा उनले भनिन्।

उपसभामुख तुम्बाहाङफेले नेकपाको सचिवालयले उपसभामुखबाट राजीनामा दिन आग्रह गरी पठाएको पत्रसमेत बुझ्न अस्वीकार गरेको उनको संसद् सचिवालय स्रोतले जनाएको छ।

नेकपाले २७ पुसमा संघीय संसद् सचिवालयमा उक्त अनुरोध पत्र पठाएको थियो।

त्यही दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेकी तुम्बाहाङफेले पार्टीले निर्णय गर्दैमा आफूले राजीनामा नगर्ने अडान दोहोर्‍याएकी थिइन्।

२६ पुसमा नेकपा सचिवालयको बैठकले उनलाई उपसभामुखबाट राजीनामा दिएर सभामुख निर्वाचनको बाटो खुलाउन आग्रह गरेको थियो।

त्यो आग्रहलाई अस्वीकार गरेकी उनी नेकपा शीर्ष नेताहरुको बोलावटपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्।

“विभिन्न परिस्थितिका कारण व्यवस्थापिका जस्तो महत्वपूर्ण स्वतन्त्र संस्थाको नेतृत्व प्रदान गरिरहेको व्यक्तिलाई कुनै दल विशेषले नेतृत्वबाट बाहिर जाउ भनेर निर्देशन जारी गर्न संविधानः त मिल्दैन”, सभामुख तुम्बाहाङफेले भनिन्।

प्रतिनिधिसभामा रहेर मैले काम गरिरहेको अवस्थामा म स्वतन्त्र व्यक्ति हो, जतिबेला दलले उम्मेदवार बनायो र म निर्वाचित भए, त्यसलगत्तै मैले दलको साधारण सदस्य नरहने गरी दल त्याग गरेको भन्दै उनले भनिन्, “मैले स्वतन्त्र ढंगबाट प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्नुपर्छ, त्यो गरिरहेको छु । कसैको प्रभावमा पर्दिन र डर नमानी काम गर्छु भनेर शपथ लिएको थिएँ।”

अझै पनि केही समय राजीनामा गर्ने पक्षमा आफू नरहेको उपसभामुखको जिकिर छ।

“दलले उम्मेदवार अझै अघि बढाएका छैनन्, दलले उम्मेदवार अघि बढाइसकेपछि प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन प्रक्रियालाई अघि बढाउने सन्दर्भमा राजीनामा दिन्छु, निर्वाचनअघि बढ्छ, संविधानले दिएको डयुटी मैले पूरा गर्नुपर्छ”, उनको भनाइ छ।

उपसभामुख तुम्वाहाङफेले भन्नुभयो, “कुनै दल विशेषले राजीनामा देऊ भने पनि मैले यो संस्थालाई खाली गर्न मिल्दैन, संविधानले प्रतिनिधिसभालाई रिक्त हुने भनेर कल्पना गरेको छैन।”

प्रतिनिधिसभाको पहिलो कार्यभार सभामुख निर्वाचन गर्नुपर्ने भएकाले विगतका बैठक स्थगन गर्नुपरेको उपसभामुख तुम्बाहाङफेको भनाइ छ।

६ माघमा तोकिएको प्रतिनिधिसभा बैठकदेखि भने सदन नियमित अघि बढ्ने सम्भावना रहेको उनको भनाइ छ।

"> उपसभामुखले भनिन्- ‘पहिला सभामुख तय अनि मात्र मेरो राजीनामा’: Dekhapadhi
उपसभामुखले भनिन्- ‘पहिला सभामुख तय अनि मात्र मेरो राजीनामा’

प्रतिक्रिया दिनुहोस्