काठमाडौं। मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ।

अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ।

चार महीना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरू गरेसँगै तीव्रगतिमा काम अघि बढेको हो। इटालियन निर्माण कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा सुरुङमा भुइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान २.५ किलोमिटर बाँकी थियो।

बाँकी काम अहिले कम्पनीले आवश्यक जनशक्ति परिचालन गरेर अघि बढाइएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। नियमित रूपमा काम गरिरहँदा आगामी दुई महीनामा सुरुङको काम सम्पन्न हुने उनको भनाइ छ। उनले भने, “यही गतिमा काम भइरहँदा दुई महीनाभन्दा बढी समय नलाग्ने देखिएको छ।”

आयोजना निर्माणका क्रममा यसअघि धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिमा सम्पन्न हुने वरिष्ठ डिभिजनल इञ्जिनीयर पन्तले बताए। अहिले आयोजनाको समस्याका रूपमा सिएमसीले काम छाडेर गएपछि उसले सहायक ठेकेदारलाई दिनुपर्ने बाँकी रकम भुक्तानी भएको छैन। अहिलेसम्म कामदारको भुक्तानी भइसकेको भए पनि सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न बाँकी छ।

सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्यले कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सम्झौतामा उल्लेख छ। वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुने बताइएको छ। मेलम्ची काठमाडौंमा झरीसकेपछि पानी वितरण गर्न आवश्यक पूर्वाधार निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।  रासस

" /> काठमाडौं। मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ।

"> मेलम्चीमा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा: Dekhapadhi
मेलम्चीमा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा

प्रतिक्रिया दिनुहोस्