देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षाको सम्भावना काठमाडौं।आज देशभर मनसुनी वायु तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभरको अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश– १, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्