दक्षिण अफ्रिकी महिलाले एकै पटक १० सन्तान जन्माएको दाबी असत्य एजेन्सी। दक्षिण अफ्रिकाकी एक जना महिलाले एकैपटक १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको पुष्टि भएको छ। खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा १० बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो। स्वास्थ्य परीक्षणमा १० बच्चा जन्माएकी भनिएकी ३७ वर्षीया गोसियामे थमारा सिथोले गर्भवती समेत नरहेको पाइएको छ। उनलाई हाल मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्